२३ चैत, पोखरा – अप्रिल ६ अर्थात अन्तराष्ट्रिय खेलकुद दिवस पोखरामा पनि विभिन्न खेलकुदका कार्यक्रम मनाईएको छ । पहिलोपटक मनाईएको दिवसको अवसरमा कास्की जिल्ला भलिबल सघंको संयोजन, थ्री सिस्टर फाउन्डेसनको सहयोग र महिला सशक्तिकरण नेपालको आयोजनामा महिला शसक्तीकरणको समुह र पोखराका महिला पत्रकारको समुहबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता आईतवार सम्पन्न भएको छ । प्रतिष्पर्धात्मक सेटमा भएको उक्त खेलमा महिला शसक्तीकरणको समुह विजयी भयो । प्रतियोगितामा विजेता समुहलार्ई नगद रु. ५ हजार सहित रनिङ शिल्ड तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता समुहलाई नगद रु. ३ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विजयी समुहलाई कास्कीका प्रहरी प्रमुख एसपी बसन्त कुमार लामा, नेपाल विद्युत प्राधिकरण पोखराका प्रमुख मनोजकुमार सिंह, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञवाली, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने लगाएतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताका प्रमुख अतिथि वसन्तकुमार लामाले स्वास्थ्य नै खेल भएकाले हरेक किसिमका खेल खेल्नुपर्नेमा जोड दिनुभयो । थ्री सिस्टरका सञ्चालक तथा प्रतियोगिताका अध्यक्ष लक्की कार्कीले खेलकुदको माध्यमबाट आपसमा सदभाव बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो
पोखरामा महिला पत्रकार र महिला शसक्तिकरण समुहबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता ।

Post a Comment