0

गोल्डेन न्यूज संवाददाता
पोखरा, १२ वैशाख ।
 नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासङ्घको २४ औं महाधिवेशन यहि बैशाख २० र २१ गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनका लागि आवश्यक तयारी भै रहेको छ । महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने भए पछि देश भरका पत्रकारहरु चुनावी माहोलमा उत्रिएका छन् ।
महासंघको नेतृत्व लिनको लागि यस पटक लोकतन्त्रवादी पत्रकारहरुको तर्फबाट पोषण के.सी. र केही बामपन्थी पत्रकारहरुको तर्फबाट महेन्द्र विष्ट चुनावी मैदानमा उत्तिएका छन् । के.सी महासघ.का वर्तमान सल्लाहकार र पूर्व महासचिव समेत हुन् भने विष्ट पनि पूर्व महासचिव हुन् ।  महाधिवेशन सम्पन्न गर्न सरकारले रु २० लाख अनुदान रकम दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को शुक्रबारको बैठकले महासङ्घको चुनावका लागि सहयोगस्वरुप अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिए ।
बैठकले आइसिसी टी–ट्वान्टी विश्वकम क्रिकेटका खेलाडीहरुलाई जनही रु पाँच लाख दिने निर्णय गरेको छ ।यस्तै संविधानसभाका सभासद्को सिफारिसका आधारमा विकास निर्माणको काममा खर्च गर्ने गरी यस आर्थिक वर्षका लागि रु १० लाखका दरले रकम उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापालाई युनिफिलको हेडअफ मिसनमा फोर्स कमान्डरको पदमा प्रतिष्पर्धा  गर्न स्वीकृति दिने निर्णय गरेको छ ।शिक्षक नियमावलीमा संशोधन गरी अस्थायी शिक्षकको रिक्त दरवन्दीमा स्थायी गर्ने प्रक्रिया समय लाग्ने र शिक्षकको अभाव हुने भएकाले २०७५ सालसम्म एक पटकमा छ महिना नबढाई म्याद थप गर्नसक्नेगरी शिक्षा नियमावली संशोधन गर्ने निर्णय पनि शुक्रबारको बैठकले गरेको छ । बैठकले स्थानीय साशन र सामुदायिक विकास कार्यक्रमका लागि नर्वेबाट ९३ करोड ५० सहायता रकम स्वीकार गरेको छ ।
सोही अवसरमा सञ्चारमन्त्री डा रिजालले हालै पेट्रोलियम पदार्थको मूल्य बढ्ने आसयको  खबर पत्रपत्रिकामा प्रकाशन भएको र आफूले त्यस्तो किसिमको अभिव्यक्ति नदिएको भन्दै संसदले निर्णय नगर्दासम्म सरकारले यसमा केही गर्न नसक्ने र संसदको निर्देशनअनुरुप सरकारले खर्च गर्नुपर्ने  स्पष्ट पारे । 

Post a Comment

 
Top