पोखरा, २२ चैत।
कास्कीको मिजुरेडाँडा गाविसमा जारी खुल्ला सेभेन ए साइड
नागिधार स्व. गञ्जमान गुरुङ स्मृति फुटबल कप प्रतियोगितामा सत्य सेवा युवा
क्लब लमजुङ र लम्तरी युवा क्लब भाचोक फाइनलमा प्रवेश गरेका छन्।
शनिबार भएको सेमिफाइनल खेलमा नवप्रभात युवा क्लब मुग्रीलाई हराउँदै सत्य
सेवा युवा क्लब र चौतारी युवा क्लबलाई लमजु८लाई हराउँदै लम्तरी युवा क्लब
भाचोक फाइनलमा प्रवेश गरेको संयोजक ओमप्रकाश गुरुङले जानकारी दिए।
आयोजकले आकस्मिक निर्णय गर्दै प्रतियोगितामा तेस्रो हुने समूहलाई पनि
पुरस्कार दिने निर्णय गरेको छ। तृतीयका लागि नवप्रभात युवा क्लब मुग्री र
चौतारी युवा क्लब लमजुङबीच खेल हुने छ।
प्रतियोगितामा १६ टीमको सहभागिता रहेको छ। बिहीबारदेखि सुरु भएको
प्रतियोगिता आइतबार सकिदैछ।
स्थानीय नागिधार सिर्जनशील युवा क्लबले आयोजना गरेको प्रतियोगिता स्थानीय
पाखुरीकोट नागिधार विद्यालयको खेल मैदानमा भैरहेको छ।
स्व. गञ्जमान गुरुङले नागिधार गाउँ तथा मिजुरेडाँडा गाविसको विकासमा
पु¥याएको योगदानको स्मरण, मिजुरेडाँडा गाविसको प्रचारप्रसार, खेलकुदको
विकास र पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई त्रमशः नगद ३० हजार, २०
हजार र पाँच हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने छ।
प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच घोषित गरिने छ भने
सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशाशित
टीमलाई आकर्षक पुरस्कार दिइने छ।
Post a Comment