0
उप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कास्कीको चापाकोट र भदौरे तामाङ्गी गाविस जोड्ने हर्पन खोलाको मोटरेवल पुलको उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले सबै राजनीतिक दलहरु मिलेर राजनीतिक क्रान्ति सफल भएको भन्दै अब विकास र आर्थिक क्रान्तिका लागि पनि सबै दलहरु मिल्नुपर्नेमा जोड दिए । सुशासन, विकास, संविधान र स्थानीय निकायको निर्वाचनलाई सरकारले प्राथमिकतामा राखेको उनले बताए । मन्त्री सिंहले उद्घाटन गरेको पुलबाट भदौरे तामाङगी गाविस, धार्मिक पर्यटकीय क्षेत्र पञ्चासे, स्याङजा र पर्वत जिल्लाका बासिन्दाहरु लाभान्वित हुने छन् भने त्यसक्षेत्रमा यातायात सेवाको पहुँच पुग्ने बताइन्छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गत रहेको स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमको ७० र जिल्ला विकास समिति कास्कीको ३० प्रतिशत लगानीमा पुल निर्माण गरिएको हो । करि डेढ वर्षको समय लगाएर थिगिम कन्स्ट्रक्सन कम्पनीले सो पुल निर्माण गरेको हो । २४ मिटर लामो पुल निर्माणका लागि १ करोड ३ लाख ४ हजार ६ सय १३ रुपैयाँ खर्च भएको प्रमुख जिल्ला इञ्जिनियर नारायणप्रसाद श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । त्यस अवसरमा बोल्दै संसिवधानसभाका सदस्य यज्ञबहादुर थापाले मुखलेमात्रै नभएर व्यवहारिक रुपमा नै विकासका लागि समर्पित हुनुपर्ने समय आएको स्पष्ट पारे । अर्का संविधानसभा सदस्यय सीता गिरी ओलीले राजनीतिक दलहरुले जनताको चाहाना अनुसार नै स्थानीय विकास र संविधान निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिइन । संघीय समाजवादीका नेता एवं संविधानसभाका सदस्य दिलबहादुर नेपालीले विकासका लागि सबैपक्ष सहकार्य गर्नुपर्नेमा जोड दिए । यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद् जीवन परियारले संविधानसँगै विकास निर्माण पनि जनताको चासो र आवश्यकता भएको बताए । नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री महादेव गुरुङले पोखराबाट नजिक रहेपनि विकास हुन नसकेकोभन्दै त्यसक्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा स्थानीय स्तरका पूर्व जनप्रतिनिधिहरू मध्येबाट चापाकोट गाविसका पूर्व अध्यक्ष एवं नेपाल किसान संघ कास्की सभापति भेषराज पराजुलीलाई संवोधन गर्न दिने कार्यतालिका बनाईएको भएपनि उनलाई बोल्न  नदिएपछि पराजुलीले स्थानीय विकास अधिकारी ईश्वरराज पौडेल र स्थानीय विकास मन्त्री प्रकाशमान सिंह लगायत सभासदहरूसंग पनि असन्तुष्टि प्रकट गरेका थिए । कास्की जिविसको तर्फबाट आयोजित कार्यक्रममा पराजुलीको सट्टा एनेकपा माओवादीका स्थानीय नेता भूमि पराजुलीलाई बोल्न दिइएको थियो । त्यस अवसरमा घाँटीछिना, सिदाने, पञ्चासे बाटोका अध्यक्ष एवं समाजसेवी भक्तबहादुर गुरुङले पनि बोलेका थिए । त्यसअवसरमा पुल निर्माणमा सहयोग पु¥याएकोभन्दै समाजसेवी भक्तबहादुर गुरुङलाई सम्मान गरिएको थियो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । कास्कीका स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन योजना अधिकृत निशानराज गौतमले गरेका थिए ।

Post a Comment

 
Top