विनोद रखाली मगर
चैत्र २२, गल्याङ्
आदिवासी जनजाति समन्वय समिती , मालुङ्गा गाविसको आयोजनामा ५ दिने उद्धघोषण तालिमको एक कार्यक्रमका विच उद्धघाटन गरीएको छ ।
तालिमको उद्धघाटन गर्दै रेडियो आधिँखोला वालिङ्का अध्यक्ष ध्रुव प्रसाद शर्माले वोल्ने कलालाई व्यवहारिक वनाउन जोड दिनुभयो । उहाँले आदिवासी जनजातिका मौलिक कला सस्ंकृति जगेर्ना गर्न मालुङ्गा वासि मगर समुदायलाई आग्रह गर्नुभयो । नेकपा एमाले स्याङ्जा जिल्ला सदस्य तथा दलित समन्वय समितिका संयोजक तिलकराम विश्वकर्मा , नेपाली कङ्ग्रेस मालुङ्गा गाँउ कार्य सभापति शालिकराम वस्याल, नेकपा एमाले गाँउ कार्य अध्यक्ष शोभाकान्त वस्याल , राप्रपा का गाँउ कार्य अध्यक्ष उदयराज वस्याल , मगर संघ मालुङ्गाका अध्यक्ष केशर वहादुर सारु मगर , युवा सन्चारकर्मी विनोद रखाली मगर लगाएतले वोल्नुभएको थियो ।
मालुङ्गा गाविसको विभिन्न वडाका करिव ४० जना प्रशिक्षार्थिको सहभागिता रहेको उक्त ५ दिने उद्धघोषण तालिममा युवा सन्चारकर्मी तथा लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर , र युवा पत्रकार जि.वी. राना मगरले प्रशिक्षण दिनुहुने छ ।
आमा समुह मालुङ्गा वोझादीका अध्यक्ष खगिसरा उच्चै मगरको स्वागत सङ्गै सुरु भएको कार्यत्रमको सन्चालन जि.वी रानाले र अध्यक्षता कार्यक्रम सयोंजक यम वहादुर थापा मगरले गर्नुभएको थियो । तालिम चैत्र २७ गते सकिनेछ ।
Post a Comment