इटहरी(सुनसरी),२३ चैत्र । प्रधानमन्त्री सुशील कोइरालाले एकदशक भित्रै मुलुकको कायाँपलट हुने बताउनु भएको छ । सुनसरीको इटहरीस्थित बुढीगंगा–जमुना घाट तथा जागनी महोत्सव २०७० को समुद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालालो सो कुरा बताउनु भएको हो । “नेपालीले धेरै दुःख पाएका छन” प्रधानमन्त्री कोइरालाले भन्नुभयो“ म धेरै दिन भन्दिन, ८–१० बर्षमा यस मुलुक र यस क्षेत्रको कायापलट हुन्छ।” उहाँले १०बर्षको सशस्त्र द्वन्द्वले विकास अवरुद्ध भएको बताउदै भन्नुभयो,“अब शान्ति लोकतन्त्र र स्थायीत्व हुन्छ ।हामी विकास गर्छौ। धेरै बर्ष लाग्दैन ।” प्रधानमन्त्री कोइरालाले मुलुक विकासको पथमा अगाडि बढेको बताउदै भन्नुभयो,“ मुलुकलाई कमजोर गर्नेलाई जनताले छोड्ने छैनन ।” उहाँले शान्ति,स्थायित्व र लोकतन्त्र र विकासलाई कसैले रोक्न र खोस्न नसक्ने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै संघर्ष नै संघर्ष गरेको बताउनुभयो । “ नेपालमा कहिल्यै शान्ति भएन ,स्थायीत्व भएन। प्रजातन्त्र र पद्धति बस्न पाएन ” उहाँले भन्नुभयो“ विकास शुरुहुनासाथ अनेक व्यवधान आउछ ।” प्रधानमन्त्री कोइरालाले संकल्प गरे आफूले चाहेको प्राप्ति गर्न सकिने बताउनु भयो ।उहाँले आफू देश र जनतालाई समृद्ध बनाउन कटिबद्ध भएर लागेको बताउदै भन्नु भयो,“ नेपालमा दिगो शान्ति स्थापना,राजनीतिक स्थायित्व,लोकतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक संविधान निर्माण र विकास गराइ छाड्छु ।” प्रधानमन्त्री कोइरालाले त्यसकोलागि आफू अडिग रहेको बताउदै भन्नुभयो,“ म अडिग छु । त्यसकोलागि हर दुःख खप्न तयार छु ।” प्रधानमन्त्री कोइरालाले प्रकृतिले दिएको देनलाई सदुपयोग गर्न पर्ने विचार राख्नु भयो ।उहाँले जलविद्युतको विकासबाटै मुलुकको समृद्धि संभव भएको बताउनु भयो । पर्याप्त विजुली उत्पादन गरे बंगलादेश र भारतमा निर्यात गर्न सकिने बताउदै उहाँले भन्नुभयो,“ अहिले लोडसेडिङ्ग १४ देखि १८ घण्टासम्म छ ।मुलुकलाई उज्यालो पार्र्नु छ ।” प्रधानमन्त्री कोइरालाले मरुभूमि जस्तो स्थानमा बूढीगंगा–जमुना घाम र आकर्षक घाट निर्माण गरेको दृष्य आफ्नालागि प्रेरणाको स्रोत भएको बताउनु भयो । उहाँले आध्यात्मबादलाई राजनीतिमा मिश्रण गर्न सके हत्या,हिंसा,अत्याचार र भ्रष्ट्राचार समाप्त हुने बताउनु भयो । प्रधानमन्त्रीले सम्बोधनका अवसरमा धार्मिक र भौगोलिक वा जातीय कुरा गरेर शान्तिको वातावरण नविगार्न पनि आग्रह गर्नु भयो । उहाँे धार्मिक स्वतन्त्रता कसैले खोस्न नसक्ने पनि बताउनुभयो । अधिक कामको बोझ खपेर पनि जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेका महिलालाई अधिक अधिकार दिनुपर्ने बताउनु भयो । कार्यकर्तालाई निर्देशन प्रधानमन्त्री कोइरालाले इटहरीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका कार्यकतालाई संबोधन पनि गर्नु भएको थियो । उहाँले संविधानसभाको निर्वाचन पछि मुलुकले सकारात्मक गति लिएको बताउनु भयो । उहाँले संविधान १ बर्ष वा सोभन्दा पनि अगाडि आउने विश्वास व्यक्त गर्नु भयो ।“८० प्रतिशतकाम पहिलेको संविधानसभाले टुग्याइसकेको छ ” प्रधानमन्त्री कोइरालाले भन्नुभयो ,“ पाटीहरुका बीचमा शासकीय स्वरुप र राज्यको पुनर्संरचनमा मात्रै मतभेद छ ।” उहाँले मुलुकले धेरै प्रदेशहरु धान्न नसक्ने भएकोले नेपाली कांग्रेसले ५ प्रस्ताव गरेको र कांग्रेस– एमालेबीचमा ७ वटा प्रदेशसम्म जान सकिनेमा समझदारी बनेकोे बताउनु भयो । उहाँले प्रदेशको नामांकनको जिम्मा प्रदेशलार्ई नै दिने उल्लेख गर्नु भयो । उहाँले अब मुलुकले विकासमा फड्को हान्ने बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले गत संविधानसभाको निर्वाचनमा फोरम लोकतान्त्रिकबाट उमेदवार बन्नुभएको शम्भु थापा सहितका कार्यकतालाई अवीर लगाएर पार्टी प्रवेश पनि गराउनु भएको थियो । इटहरी(सुनसरी),२३ चैत्र । प्रधानमन्त्री सुशील कोइरालाले एकदशक भित्रै मुलुकको कायाँपलट हुने बताउनु भएको छ । सुनसरीको इटहरीस्थित बुढीगंगा–जमुना घाट तथा जागनी महोत्सव २०७० को समुद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालालो सो कुरा बताउनु भएको हो । “नेपालीले धेरै दुःख पाएका छन” प्रधानमन्त्री कोइरालाले भन्नुभयो“ म धेरै दिन भन्दिन, ८–१० बर्षमा यस मुलुक र यस क्षेत्रको कायापलट हुन्छ।” उहाँले १०बर्षको सशस्त्र द्वन्द्वले विकास अवरुद्ध भएको बताउदै भन्नुभयो,“अब शान्ति लोकतन्त्र र स्थायीत्व हुन्छ ।हामी विकास गर्छौ। धेरै बर्ष लाग्दैन ।” प्रधानमन्त्री कोइरालाले मुलुक विकासको पथमा अगाडि बढेको बताउदै भन्नुभयो,“ मुलुकलाई कमजोर गर्नेलाई जनताले छोड्ने छैनन ।” उहाँले शान्ति,स्थायित्व र लोकतन्त्र र विकासलाई कसैले रोक्न र खोस्न नसक्ने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै संघर्ष नै संघर्ष गरेको बताउनुभयो । “ नेपालमा कहिल्यै शान्ति भएन ,स्थायीत्व भएन। प्रजातन्त्र र पद्धति बस्न पाएन ” उहाँले भन्नुभयो“ विकास शुरुहुनासाथ अनेक व्यवधान आउछ ।” प्रधानमन्त्री कोइरालाले संकल्प गरे आफूले चाहेको प्राप्ति गर्न सकिने बताउनु भयो ।उहाँले आफू देश र जनतालाई समृद्ध बनाउन कटिबद्ध भएर लागेको बताउदै भन्नु भयो,“ नेपालमा दिगो शान्ति स्थापना,राजनीतिक स्थायित्व,लोकतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक संविधान निर्माण र विकास गराइ छाड्छु ।” प्रधानमन्त्री कोइरालाले त्यसकोलागि आफू अडिग रहेको बताउदै भन्नुभयो,“ म अडिग छु । त्यसकोलागि हर दुःख खप्न तयार छु ।” प्रधानमन्त्री कोइरालाले प्रकृतिले दिएको देनलाई सदुपयोग गर्न पर्ने विचार राख्नु भयो ।उहाँले जलविद्युतको विकासबाटै मुलुकको समृद्धि संभव भएको बताउनु भयो । पर्याप्त विजुली उत्पादन गरे बंगलादेश र भारतमा निर्यात गर्न सकिने बताउदै उहाँले भन्नुभयो,“ अहिले लोडसेडिङ्ग १४ देखि १८ घण्टासम्म छ ।मुलुकलाई उज्यालो पार्र्नु छ ।” प्रधानमन्त्री कोइरालाले मरुभूमि जस्तो स्थानमा बूढीगंगा–जमुना घाम र आकर्षक घाट निर्माण गरेको दृष्य आफ्नालागि प्रेरणाको स्रोत भएको बताउनु भयो । उहाँले आध्यात्मबादलाई राजनीतिमा मिश्रण गर्न सके हत्या,हिंसा,अत्याचार र भ्रष्ट्राचार समाप्त हुने बताउनु भयो । प्रधानमन्त्रीले सम्बोधनका अवसरमा धार्मिक र भौगोलिक वा जातीय कुरा गरेर शान्तिको वातावरण नविगार्न पनि आग्रह गर्नु भयो । उहाँे धार्मिक स्वतन्त्रता कसैले खोस्न नसक्ने पनि बताउनुभयो । अधिक कामको बोझ खपेर पनि जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेका महिलालाई अधिक अधिकार दिनुपर्ने बताउनु भयो । कार्यकर्तालाई निर्देशन प्रधानमन्त्री कोइरालाले इटहरीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका कार्यकतालाई संबोधन पनि गर्नु भएको थियो । उहाँले संविधानसभाको निर्वाचन पछि मुलुकले सकारात्मक गति लिएको बताउनु भयो । उहाँले संविधान १ बर्ष वा सोभन्दा पनि अगाडि आउने विश्वास व्यक्त गर्नु भयो ।“८० प्रतिशतकाम पहिलेको संविधानसभाले टुग्याइसकेको छ ” प्रधानमन्त्री कोइरालाले भन्नुभयो ,“ पाटीहरुका बीचमा शासकीय स्वरुप र राज्यको पुनर्संरचनमा मात्रै मतभेद छ ।” उहाँले मुलुकले धेरै प्रदेशहरु धान्न नसक्ने भएकोले नेपाली कांग्रेसले ५ प्रस्ताव गरेको र कांग्रेस– एमालेबीचमा ७ वटा प्रदेशसम्म जान सकिनेमा समझदारी बनेकोे बताउनु भयो । उहाँले प्रदेशको नामांकनको जिम्मा प्रदेशलार्ई नै दिने उल्लेख गर्नु भयो । उहाँले अब मुलुकले विकासमा फड्को हान्ने बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले गत संविधानसभाको निर्वाचनमा फोरम लोकतान्त्रिकबाट उमेदवार बन्नुभएको शम्भु थापा सहितका कार्यकतालाई अवीर लगाएर पार्टी प्रवेश पनि गराउनु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment