0

पोखरा, २३ चैत। कास्की जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित तेस्रो वृहत् खेलकुद महोत्सवअन्तर्गतक पोखरा र·शालास्थित भलिबल कोर्टमा जारी अन्तरगाविस भलिबल प्रतियोगिता–२०७० अन्तर्गत अइतबार ११ वटा खेल सम्पन्न भएका छन्।  कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा भएको पहिलो खेलमा धम्पुसले सल्यानलाई २५–१९ र २५–२०, दोस्रो खेलमा हंसपुरले भदौरेतामागीलाई २५–१७ र २५–१५, तेस्रो खेलमा पार्चेले भलामलाई २५–११ र २५–१३, चौथो खेलमा मौजाले थुम्कीलाई २५–२२ र २५–१०, पाँचौं खेलमा ल्वाङघलेलले आर्वाविजय गाविसलाई १४–२५, २५–१७ र २५–१९ ले पराजित ग¥यो।  यस्तै छैटौं खेलमा धम्पुसले घान्द्रुकलाई २५–२१ र २५–१६, सातौं खेलमा सार्दीखोलाले कृस्तीनाच्नेचौरलाई २७–२५, २२–२५ र २५–२०, आठौं खेलमा अर्मलाले नामार्जुङलाई २५–२३ र २५–२३, नवौं खेलमा पुम्दीभुम्दीले सैमराङलाई २५–२३ र २५–१८, दशौं खेलमा लुम्लेले सिल्दुजुरेलाई २५–१८ र २५–१७ तथा एघारौं खेलमा लामाचौरले माछापुच्छ«े गाविसलाई २५–२७, २५–९ र २५–१६ ले पराजित ग¥यो।  आइतबारको जीतसँगै पार्चे, पुम्दीभुम्दी, ल्वाङघलेल, अर्मला र धम्पुस गाविस क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सोमबार प्रिक्वाटरका बाँकी खेल तथा क्वाटरफाइनलका खेल हुने कास्की जिल्ला भलिबल सङ्घका सचिव कुमार गुरुङले जानकारी दिए।  चैत २४ गतेसम्म सचालन हुने सो प्रतियोगिताको विजेता टीमलाई नगद ३० हजार, उपविजेतालाई नगद २० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै उत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ।
 

Post a Comment

 
Top