0

पोखरा लेडिज जेसिजले महिलाहरुको लागि एक दिने स्वास्थ्य चेतना कार्यक्रम शनिबार पोखरामा आयोजना गरेको छ । महिलाहरुलाई पाठेघरको मुख र स्तन क्यान्सरको बारेमा जानकारी गराउन उक्त स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
१ सय २० जना महिलाहरुको सहभागीता रहेको कार्यक्रममा त्रिलोक विशेषज्ञ डा.जुनु श्रेष्ठ कर्माचार्यले सहजीकरण गरेकी थिइन । कार्यक्रममा पूर्व स्तन क्यान्सर पिडित जोजीना भट्टराई र पाठेघरको मुखको क्यान्सर पीडित सरस्वती अधिकारीले आफ्नो अनुभव सुनाएकी थिइन । कार्यक्रममा टोल विकास संस्था वडा नं. ९ का वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, लेडिज जेसिसका निवर्तमान अध्यक्ष बसन्त के.सी, पूर्व अध्यक्ष सिता पाण्डे, कृष्ण टोल विकास संस्थाका सदस्य सुकबहादुर परियार, कार्यक्रम संयोजक योमाया गुरुङ लगायतले आ–आफ्फो भनाई राखेका थिए  । कार्यक्रममा पार्वती टोल विकास संस्थाका सचिव श्याम थापा, नागढुङ्गा टोल विकास संस्थाका सचिव भगवती पन्त, नागढुङ्गा आमा समुहका अध्यक्ष पार्वती गिरी, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष चिरञ्जीवि श्रेष्ठको सहभागीता रहेको थियो ।
पोखरा लेडिज जेसिजका अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव जेसी रेणु थापाले गरेको उपाध्यक्ष कविता श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन ।

Post a Comment

 
Top