0


मुलुककै पहिलो क्षेत्रीय अस्पतालको रुपमा स्थापित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आफ्नो ५७औं वार्षिक उत्सव ४ दिने कार्यक्रम सहित मनाई रहेकोछ । २०१३ साल चैत्र १३ गते स्थापना भएको यस अस्पतालले ४ दिने कार्यक्रम सहित आफ्नो वार्षिक उत्सव मनाईरहेको सन्र्दभमा अस्पतालको वारेमा केही लेख्नु सान्र्दभिक देखिन्छ ।
प्रथम र दोस्रो विश्वयुद्धमा हराएका र अत्तोपत्तो नलागेका गोर्खालीहरुको रकमवाट खडा भएको युद्ध पश्चात पुनःनिमार्ण कोष (एयकत ध्बच च्भअयलकतचगअतष्यल ँगलम० संकलन गरि बि.सं. २०१३ मा स्वः मेजर विर सिह गुरुङ्ग र उनका मित्रहरुको सहयोगमा संचालनमा आएको अस्पताल २०१९ सालमा आएर नेपाल सरकारलाई हस्तान्त्रण गरियो जुन १५ शैयामा संचालन गरि सेवा विस्तार गरिएको थीयो । गैर सरकारी रुपमा संचालनमा रहेको आई.एन.एफ.साईनिङ्ग अस्पताल यस अस्पतालमा गाभिए पश्चात वि.सं. २०३२ सालमा ५० शैयाको अस्पतालको रुपमा गण्डकी अञ्चल अस्पतालको नाममा संचालनमा आयो । वि.सं. २०४३ मा १०० शैया थपि मुलुकको पहिलो क्षेत्रीय अस्पतालको रुपमा स्थापित भई २०४६ सालमा ५० शैया थप र वि.सं. २०६१ सालमा १५० शैया थप भई ३५० शैयाको अस्पताल संचालनमा रहि आएको हिजोको अवस्था थियो भने २०६९ सालमा स्तरवृद्धि भई ५०० शैया सहितको मुलुकको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा स्थापित भएको छ ।
बदलिंदो परिस्थिति संगसंगै बिरामीको बढदो चाँपलाई मध्यनजर गर्दै दक्ष जनशक्तिको अभावमा अस्पतालले बिशेषज्ञ सेवा प्रदान गर्न नसकेको हुँदा हाल आएर ५०० शैयासहित १०० दक्ष जनशक्ति थप भई अस्पतलको सेवा प्रवाह तथा गुणस्तरमा वृद्धि भएको छ ।  हाल अस्पताल नेपाल सरकार र अस्पताल विकास समिति अन्र्तगत संचालनमा छ । जस अन्तर्गत नेपाल सरकारतर्फ ३०१ र अस्पताल विकास समितितर्फ २९९ गरि ६०० जना चिकित्सक, कर्मचारीको जनशक्ति रहको छ । जसमा चिकित्सक १४१ नर्सिङ्ग १४३ रहेका छ । हाल अस्तालमा वहिरंग र अन्तरंग अन्तर्गत मेडिकल, सर्जिकल, प्रसुती तथा स्त्रीरोग, वालरोग, नशा तथा हाडजोर्नी, छाला तथा यौनरोग, मानसिक, दन्तरोग, नाक कान घाँटी, प्रयोगशाला तथा विभिन्न निदानात्मक सेवातर्फ ः
( सि.टि.स्यकान,कोलोनोस्कोपी, इन्डोस्कोपी, अल्ट्रासाउन्ड,ईको कार्डियोलोजि, होल्टर मनिटरिङ्ग, टि.एम.टि. ई.सि.टि जस्ता सेवाहरु रहेका थिए भने हाल नपाल सरकारको अनुदान तथा निजि सस्थाको सहयोगमा निःशुल्क प्रसुती सेवा, पाठेघर आङ्ग खस्ने निःशुल्क अपरेशन सेवा, सामाजिक सेवा ईकाइमार्फत गरिव असहाय, अपाङ्ग, वृद्धहरुलाई निःशुल्क उपचार सेवा , विपन्न नागरिक औषधि उपचार सेवा ः मृगौला रोगी, क्यान्सर, पार्किङ्गसन, अल्जाईमर्स, , परिवार नियोजन सेवा, वालपोषण कार्यक्रम, एच.आई.भि.एडर, उपचार तथा परामर्श, चिकित्साजन्य फोहोर मैला व्यवस्थापन, लागूऔषध दुव्र्यसनीलाई मेथाडोन, निःशुल्क सुरक्षित गर्भपतन सेवा, जस्ता बिषेश सेवाहरु दिईदै आईएको छ ।
उपचार सेवाको अलावा प्राज्ञिक कार्यक्रमहरुको रुपमा मणिपाल शिक्षण अस्पताल, त्रि.वि.वि.शिक्षण अस्पताल, पोखरा विश्वविद्यालाय, गण्डकी मेडिकल कलेज, पोखरा नर्सिङ्ग कलेज, बिभिन्न सरकारी तथा निजि नर्सिङ्ग कलेज का विद्यार्थीहरुलाई एम.डि, एम.बि.बि.एस., एम.एन., बि.एन, बि.एम.एल.टि., प्रमाण पत्र तहका विभिन्न कार्यक्रमहरु समेत संचालनमा आएका छन् । साथै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट संचालित विभिन्न तालिमका प्रशिक्षर्थीहरुको क्लिनिकल अभ्यास समेत गराउँदै आईएको छ । नेपालबाट मात्र नभएर विदेशवाट समेत वार्षिक ३०० विद्यार्थीहरु क्लिनिकल अभ्यासका लागि यस अस्पतालमा आउने गर्छन ।
हाल उपरोक्त सेवाहरु दैनिक रुपमा दिंदैअएता पनि आकस्मिक रुपमा २४ सै घण्टा सि.टि.स्कयान, एक्सरे, अल्ट्रासाउण्ड, तथा विशेषज्ञ सेवा दिई रहेको छ भने अन्य विषेश सेवामा डायलायसिस, आई.सि.यू., अपरेशन, पोष्ट अपरेटिभ सेवा, पोष्ट एक्सपोजनर प्रोफाईएक्सीस जस्ता सेवाहरु पनि छन् ।
यी सेवाहरुको संचालनमा ब्यक्ति तथा बिभिन्न संघसंस्थाबाट समत सायोग भै आएको छ । नेपाल जर्मन हेल्प एशोसिएशनबाट डायलायसिस मेसिन, समाजसेवाी गणेशबहादुर श्रेष्ठबाट डायलायसिस भवन, रोटरी कल्वबाट वोरिङ्ग, लायन्स लियोबाट लायन्स पार्क, विभिन्न संस्थाबाट शैया, बेन्चलगायत अन्य स्वास्थ्य उपकरणहरु पनि सहयोग आएका छन् । सरकारी तथा गैह्र सरकारी संस्थाबाट सहयोग प्राप्त भएता पनि नेपालका अन्य क्षेत्रमा जस्तो स्थानीय उद्योगपति समाजसेवीबाट अस्पतालको समग्र विकासमा अस्पतालले आशा गरे अनुरुप सहयोग प्राप्त भएको देखिएको छैन । बिरामीको माग अनुरुपको सेवाको निरन्तरताको लागि अस्पतालले समेत केही चुनौतिहरु रहेको सामना गरिरहेको छ । नियमति ओ.पी.डी.पछि पनि बिरामीले सेवा खोज्नु, सार्वजनिक बिदाको दिन सेवा ग्रहीले सेवा खोज्नु, चाहेको विशेषज्ञ सेवा माग रहि अएकोछ भने अरु थप विशेष सेवाहरु जस्तै मुटुरोगीको लागि क्याथ ल्याव, मष्तिस्क शल्यक्रिया, मुटु तथा फोक्सो रोगीको शल्यक्रिया, ई.आर.सि.पी.सेवा, हिस्टोप्याथोलोजि सेवा, जेष्ठ नागरिकका लागि अलग विभाग राखि दिनुपर्ने सेवा हाम्रा चुनौती हुन् । यी चुनौती सामना गर्न अस्पतालले छिटै नै जेष्ठ नागरिकको लागि अलग विभाग राख्ने सोच रहेको छ भने अन्य बिषेश सेवाको लागि स्तर वृद्धिमार्फत स्वीकृत दक्ष जनशक्ति पदपूर्तिका लागि मन्त्रालयमा पहल भैरहेको छ । पसुती गराउन आउने महिलाको चाँप तथा वालरोग बिरामीका लागि भिन्दै भवन बनाई सेवा दिने उद्देश्यले भवन निमार्णका लागि मन्त्रालयमा पहल भैरहको छ । शल्यक्रियाका लागि स्थान अभाव भएको हुँदा अलगै अपरेशन कक्ष निमार्णको योजना रहेको छ । निकट भविष्यमै अप्राह्न्न पछिको ओ.पी.डी.र शल्यक्रियाका लागि आवश्यक कदम अगाडि बडाईनेछ ।
सम्पूर्ण सेवाहरु विस्तार संगै बाह्य प्राज्ञिक निकायहरुको कार्यक्रम संचालन भएतापनि आफ्नै प्रज्ञिक कृयाकलावको अभाव भएको व्यहोरा समेत जनमानसमा जगजायर छ । नागरिक समाज, जनमानस पनि यस असपताललाई प्राज्ञिक केन्द्रको रुपमा विकास गर्ने जनचाहना अनुरुप गुरुयोजना वनाई कार्यक्रम संचालन गर्न विभिन्न क्षेत्रबाट स्वीकृतीका लागि राजनीतिक दल, नागरिक समाज, संचार क्षेत्र लगायत सबैतर्फबाट पहन हुन जरुरी छ । आगामी दिनमा विस्तारित दक्ष जनशक्ति सहित गुणस्तरीय सेवा तथा प्राज्ञिक केन्द्रको रुपमा यो अस्पताल बिकास हुनेछ भन्ने विश्वास गरको छु । आज अस्पतालको ५७औ वार्षिकोत्सव कार्यक्रम माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा हुन गैरहेको सन्र्दभमा अस्पतालको समग्र विकासमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरु साथै अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुलाई धन्यवाद दिंदै सम्पूर्ण सेवाग्रही तथा सरोकार वालहरुमा हार्दिक शुभकामना दिन चाहन्छु ।

Post a Comment

 
Top