0

फेन्सी व्यवसायी संघको छैटौँ बार्षिक साधारणसभा पोखरा उपमहानगरपालिकाका कार्यकारी प्रमुख झलकराम अधिकारीबको प्रमुख आथित्यतामा सम्पन्न भयो । सो अवसरमा अधिकारीले नगरपालिकाले लिदै आएको करमा पचास प्रतिशत छुट गरि नयाँ करनीति ल्याउन लागेको जानकारी गराए । सो अवसरमा व्यवासायिक संस्थाहरुसँग हातेमालो गर्दै पोखराको समग्र विकास र सुन्दर सफा पोखरा बनाउँन पहँल गर्ने भन्दै सहयोगको आग्रह समेत गरे । सोही अवसरमा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं पोखरा टे«ड मल एण्ड हाउजिङ्ग प्रालिको अध्यक्ष विन्दुकुमार थापाले वस्तुगत संघहरु सबल भएमा पोखरा उद्योग वाणिज्य संघ अझ मजबुत हुने भन्दै शुभकामना व्यक्त गरे र। सो अवसरमा संघका अध्यक्ष मिनराज काफ्ले पोखराका समग्र व्यवसायीहरुलाई यस संघले व्यवसायीका सामुहिक समस्या समाधान गर्न पुलको काम गर्ने बताए । संस्थाका अध्यक्ष मिनराज काफ्लेको अध्यक्षतामा सम्पन्न, कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष गिरधारी अधिकारी, महासचिव बलाराम आचार्य, संस्थाका संस्थापक अध्यक्ष  कमलनाथ कुँवर, द्वितीय उपाध्यक्ष प्रजन कुमार थापा, साधारण सदस्य सन्तोष पौडेल, पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष इश्वर प्रसाद कर्माचार्य, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसनका अध्यक्ष धु्रवबहादुर भुजेल, बुद्धविशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बलराम गौतम, कस्मेटिक्स उपसमितिका संयोजक विष्णुप्रसाद बाँस्तोला लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा फेन्सी व्यवसायमा संलग्न पुराना व्यवसायीहरु मध्येबाट योर्स फेशन स्टाइलकी संचालक सरस्वती  श्रेष्ठलाई दोसल्ला सहित सम्मान गरिएको थियो भने २०६९ सालको एसएलसी परीक्षामा सदस्यहरुका छोराछोरी मध्येबाट विष्णुहरि पन्थीकी छोरी प्रकृति पन्थी र जगतलाल श्रेष्ठका छोरा जगदिश श्रेष्ठलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

Post a Comment

 
Top