लायन्स क्लब ३२५ बी १ अन्तर्गगत जोन १७ अन्तर्गतका चारवटा क्लबको आयोजनामा शनिबार पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा ४८ युनिट रगत संकलन भएको लायन्स क्लब अफ पोखरा भद्रकालीका अध्यक्ष दीपकराज तिवारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । जोन १७ अन्तर्गत लेकसिटी, ग्लोबल लेकसिटी, भद्रकाली र पोखरा युनाइटेड चौतारी छन् । कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब ३२५ बी १ का सेकेण्ड भाइस गभर्नर धु्रवबहादुर थापाले लायन्स क्लबमा आबद्धहरुले आफ्नो समय र कमाइको केही हिस्सा समाजसेवा खर्च गर्दै आएको बताए । रक्तादान जस्ता कार्यक्रमले क्लबको महत्व अझै बढाएको उनको धारणा थियो । रक्तदान कार्यक्रम संयोजक दीनवन्धु पौडेल, रिजन चियर पर्सन विमला श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए । रक्तसंचार केन्द्रका प्रतिनिधि ध्रुव लामिछानेले रक्तदानको महत्वको बारेमा जानकारी गराएका थिए । लायन्स क्लब अफ पोखरा भद्रकालीका सल्लाहकार शंकर ज्ञवालीले स्वागत गरेको कार्यक्रममा युनाइटेड चौतारीका सल्लाहकार वालकृष्ण शर्माले धन्यवाद व्यक्त गरेका थिए भने ग्लोबल लेकसिटीका सचिव होमकुमार राईले संचालन गरेका थिए ।
चारवटा लायन्स क्लवको संयुक्त रक्तदान

Post a Comment