0


    काठमाडौँ, २३ चैत । प्रजातान्त्रिक विचार समाजको यहाँ सम्पन्न अधिवेशनले अध्यक्षमा डा. केदारनरसिंह केसीलाई निर्वाचित गरेको छ ।  नयाँ कार्यसमितिमा उपाध्यक्षमा कुलचन्द्र वाग्ले, महासचिवमा सुरेश भट्ट, सचिवमा डा. ईश्वरी लौडारी, कोषाध्यक्षमा डा. विमला शाक्य र सदस्यहरूमा सिभी मल्ल, मेनका राजभण्डारी, गोकर्ण अर्याल, कमल इटनी, जगदीश्वर खनाल, सुदर्शन उपाध्याय र शिवकुमार यादव निर्वाचित हुनुभएको छ । अन्य सदस्यमा भरत रावत, चन्द्रकान्त सुवेदी, विद्यालक्ष्मी बज्राचार्य, वीरेन्द्र थपलिया, डा. गोविन्द गुरागाईं, अनुराधा शर्मा, प्रा.डा. वेदनाथ शर्मा, पुष्पमान प्रधान र जितेन्द्रविक्रम सिजापती निर्वाचित हुनुभएको छ ।   शुक्रबार सुरु भएको समाजको १६ औं अधिवेशनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुभएको थियो । रासस
––––––––––

Post a Comment

 
Top