0



गोल्डेन न्यूज संवाददाता
पोखरा १३ बैशाख
नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले लामो समयदेखि स्थानिय निकार्यको निर्वाचन नहुदाँ जनताले परिर्वतनको आभाष गर्न नपाएको बताउदै संविधान जारी गर्नुअघि स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न  आवश्यक तयारी भैरहेको बताएका छन् ।
पोखराको नयाँबजार स्थीत क्षेत्रीय संग्रहालय नजिक निमार्ण गरिएको  हार्डवेयर एशोसियनको नवनिर्मति भवनको शनिबार  उद्घाटन गदै गौतमले सरकारले संविधान जारी गर्नुअघि स्थानिय निकायको निर्वाचन गर्ने तयारी गरेको स्पष्ट पारे । उनले एमाओबादी र मधेशी दल भने वर्तमान अवस्थामा निर्वाचन हुन नहुने बताउँदै आएका कारण समस्या देखिएको समेत बताए । सरकारले स्थानियस्तरमा ठूलो लगानी गरेको भएपनि जननिवाचित प्रतिनिधि नहुदाँ सोचे अनुरुप प्रतिफल प्राप्त हुन नसकेको गौतमको भनाइृ थियो । उनले दलहरु वीच सहमती कायम गदै निर्वाचन सम्पन्न गर्न सरकार लागी परेको मा जोड दिए । संविधान निर्माण भन्दा अघि स्थानीय निकायको निर्वाचन गर्नुपर्छ ।त्यसको लागि राजनीतिक दलहरुमा सहमतिको खाँचो छ । उनले नेपाली काँग्रेस र नेकपा एमाले स्थानीय निकायको निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै एनेकपा माओवादी र केही मधेशवादी दलहरुकै कारण सहमति हुन नसकेको जिकिर गरे ।
 पोखरा हार्डवयेर एशोसियसनले एक करोड ८ लाख ७१ हजार रुपियाँ खर्च गरेर आफ्नो पक्की भवन निर्माण गरेको हो । एशोसियशनका  अध्यक्ष अर्जुन बन्जराले कर राज्यमुखी भन्दा पनि सरकारमुखी बन्दै गएको गुनासो त्यस समारोहमा गरेका थिए । एशोसियशनका उपाध्यक्ष दिलिपराज श्रेष्ठले  विभिन्न उद्योगी व्यवसायी र  शुभचिन्तकहरुको सहयोगबाट  भवन निर्माण गरिएको  जानकारी दिए । कार्यक्रमका संयोजक एवं एशोसियशनका पूर्व अध्यक्ष तिर्थबहादुर बस्नेतले नव निर्मित भवनका कारण व्यवसायिक हकहितको लागि आवाज उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  भवनको भुईतलामा प्रदर्शनी कक्ष, पहिलो तलामा सचिवालय दोस्रो तलामा सेमिनार हल र तेस्रो तलमा कार्यालय सहयोगीको कक्ष बनाईएको जानकारी महासचिव प्रेमप्रसाद पौडेलले गोल्डेन न्यूज दैनिकलाई दिए ।
भवन उद्घाटन समारोहमा संविधान सभाका सदस्य द्वय यज्ञबहादुर थापा र रविन्द्र अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य युवकराज भण्डारी, नेपाल निमार्ण साम्रागी व्यवसायी महासंघका अध्यक्ष विनोद केशरी उपाध्याय, पोखरा हार्डवयर एशोसियशनका वरिष्ठ सल्लाहकार रामचन्द्र थापा, एशोशियसनका पूर्व अध्यक्ष महेश पराजुली लगायतले आ–आफ्नो भनाई राखेका थिए । त्यस अवसरमा भवन निर्माणमा आर्थिक एवं भौतिक सहयोग गर्ने विभिन्न औद्योगिक तथा व्यापारीक प्रतिष्ठानका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

Post a Comment

 
Top