0

गोल्डेन न्यूज संवाददाता
पोखरा, १२ वैशाख ।

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ १४ गतेका लागि स्ववियु निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलनरत १७ विद्यार्थी सङ्गठनले देशैभरका क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गरेको छ ।
त्रिविअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने देशभरका सबै क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गरिएको अनेरास्ववियू(क्रान्तिकारी)का महासचिव रत्न ढकालले जानकारी दिए  ।उनले त्रिविले सत्तारुढ दल आवद्ध विद्यार्थी सङ्गठनसँग मात्रै छलफल गरी एकपक्षीय रुपमा स्ववियुको निर्वाचन घोषणा गरेकाले निर्वाचन खारेजीको माग गर्दै आफूहरु आन्दोलनमा उत्रिनुपरेको जानकारी दिए ।
आन्दोलनको पूर्वघोषित कार्यक्रमअनुसार क्याम्पस प्रमुुखका कार्यकक्षमा तालावन्दी गरिने र निर्वाचन खारेज नभएसम्म तालावन्दी जारी रहने उनले बताए ।

Post a Comment

 
Top