नेपाल भारत मैत्री सघ कास्की र रोटरी क्लब अफ लेखनाथले जन प्रकाश उच्च मावि भण्डारढिकमा अध्ययनरत २५ जना गÞरीव तथा जेहन्दार विद्यार्थीहरूलाई स्टेशनरी सामाहरू वितरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल रङ्ग मुलेले हस्तान्तरण गरेका थिए ।
रोटरी क्लब अफ लेखनाथका अध्यक्ष विश्व कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल भारत मैत्री संघका अध्यक्ष गोपाल ध्वजूले नेपाल भारत सम्बन्ध बारे जानकारी गराउँदै विगत १६ बर्षदेखि निरन्तर मैत्री पुस्तकालय सन्चालन गर्दै आएको र कास्कीका विभिन्न समुदायिक सेवाका कार्यक्रम गर्दै आईरहेको बताए । कार्यक्रमका मुख्य अतिथि कर्णेल मुलेले नेपालको विकास र नेपालीको सहयोगमा आपूmले सदैव प्रतिवद्ध रहेको भन्दै नेपाल–भारत सम्बन्धलाई अझ मजÞबूत बनाउन प्रयास गर्ने बताए ।
Post a Comment