२०७० साल चैत्र २३ गते आइतबार
आज मिति २०७० साल चैत्र २२ गते शनिबार, तदनुसार अप्रिल ६ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वसन्त ऋतु चल्दै छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्षपक्ष चलिरहेको छ । शौरमान अनुसार आज चैत्रशुक्लपक्षको सप्तमी तिथि ४९ घटि ३५ पला अर्थात रातिमा १ बजेर ४१ ािनेटसम्म त्यसउप्रान्त अष्ठमी तिथि त्यसउप्रान्त अष्ठमी तिथिमा लाग्नेछ । आज सूर्य मीन राशिमा रहेको छ भने मिथुन राशिमा अहोराह रहनेछ । दिनमान ३१ घटि १९ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५१ मिनेटमा रौद्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २३ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष ः रोजगारी बाटआत्म सन्तुष्टि मिल्नेछ, नयाँ मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, मानसम्मानको अवसर ।
वृष ः भूमि सम्बन्धि विवाद, वहस पैरवि कार्यक्रम स्थगित, सुनचाँदी कारोबारमा मन्दी आउनेछ दिन राम्रो रहनेछैन ।
मिथुन ः मान्यजनबाट सहानुभूति, व्यापारिक कार्य सफल, साहित्य क्षेत्रबाट सफलता मिल्नेछ दिन शुभ छ ।
कर्कट ः व्यापार व्यवसायबाट घाटा हुन सक्नेछ, स्वास्थ्यमा एक्कासी खराबी आउन सक्नेछ, मानसिक चिन्तन हुनेछ ।
सिंह ः नयाँ व्यवसाय गर्नतिर मन जाने, पारिवारिक समस्या सुल्झिनेछ, लामो समयदेखि गरको कार्यमा सम्मान मिल्ने।
कन्या ः कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको ठूलो राशिको धन हात लाग्ने, सम्मानको अवसर, टाढाको यात्रा हुने छ ।
तुला ः आर्थिक लेनदेनमा विवाद हुनेछ, धार्मिक कार्यमा दिन बित्नेछ, पठनपाठन क्षेत्र अस्तव्यस्थ हुने, दिन खराब छ।
वृश्चिक ः दाजुभाई बीच मनमुटाव हुने, दैनिक उपभोग्य सामग्रीको अभाव, शुरु गरेको विकास निर्माणको कार्य रोकिनेछ ।
धनु ः मित्रहरुको सहयोगले ठूलो काम सम्पन्न, वैदैशिक रोजगारको अवसर मिल्ने, स्त्रीपक्षबाट सुख प्राप्त हुने ।
मकर ः शत्रुबाट मानसिक पीडा थपिनेछ, पारिवारिक झगडाले ठूलै रुप लिनेछ, आफन्तबाट विशेष कार्यमा धोका हुने।
कुम्भ ः आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य र व्यापारमा असफल हुने, टाढाको यात्रा विफल ।
मीन ः सरकारीपक्षबाट सहयोग, नयाँ साथीसँग सम्बन्ध गासिने, सामाजिक सक्रियता, सहयोगी हातहरु बढ्दै जानेछन ।
आजको साइत ः आज दक्षिण बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
आजको शुभ, लाभ र अमृत बेला ः आज २०७० साल चैत्र २३ गते आइतबार बिहान ५ः५१ बजेदेखि ७ः२१ बजेसम्म उद्वेग बेला, बिहानमा ७ः५१ बजेदेखि ८ः५१ सम्म चर बेला, बिहानमा ८ः५१ बजेदेखि १०ः२१ बजेसम्म लाभ बेला, बिहानमा १०ः२१ बजेदेखि ११ः५१ बजेसम्म अमृत बेला, बिहान ११ः५१ बजेदेखि दिनमा १ः२१ बजेसम्म काल बेला, दिनमा १ः२१ बजेदेखि २ः५१ बजेसम्म शुभ दिनमा २ः५१ बजेदेखि ४ः२१ बजेसम्म रोग साँझ ४ः२१ बजेदेखि ५ः५१ बजेसम्म उद्वेग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः दिनमा ४ः३० बजेदेखि ६ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
राशिफल लेखक युवा ज्योतिषी ः हरि पन्त, मो. ९८४६१४७३६९
Post a Comment