0
११ चैत, भोजपुर । नागी गाविस उपस्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीले निमोनियाँका बिरामी बच्चालाई लुतोको औषधि खुवाएको खुलासा भएको छ । उक्त औषधि सेवनपछ बिेहोस दुई महिनाको बच्चालाई जिल्ला अस्पतालमा ल्याइएको छ । सदरमुकामदेखि ४२ किलोमिटर पश्चिम नागी ८ घोरालुङस्थित मनोज र दीपकला राईको छोरा सन्दीपलाई गत शुक्रबार निमोनियाँ रोगको उपचारका लागि उपस्वास्थ्य चौकी लगेका थिए । अन्नपूर्ण पार्टीगाउँस्थित गढीटार उपस्वास्थ्य चौकीबाट काज गएकी अहेब सरिता विष्ट अधिकारीले निमोनियाँको भनेर दिएको औषधि लुतोको परेको हो । उनले कोटि्रम भनेर छालामा दल्ने क्यालोमिन दिएको कान्तिपुर दैनिकमा खबर छ । स्वास्थ्य चौकीमा दिएको औषधि एक बिर्को खुवाउँदा बच्चाले एक्कासि वान्ता गरेर बेहोस भएको आमा दीपकलाले बताइन् । बिरामी थप शिथिल भएपछि औषधि गलत परेको पुष्टि भएको हो । निमोनियाँ भएको बच्चालाई एलर्जीको औषधि खुवाएको भन्दै अभिभावक र छिमेकीले सरितामाथि ज्यानको जिम्मा लिनुपर्ने चेतावनीसमेत दिएका छन् । उनले कोटि्रम र क्यालोमिन एउटै डालोमा रहेकाले भूलबस त्यस्तो परेको बताइन् । उनले उपचारमा लाग्ने ७५ प्रतिशत रकम बेहोर्ने सहमति भएपछि बच्चालाईल तत्काल जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

Post a Comment

 
Top