0
११ चैत, बुटवल । आइसिसी टी-२० वल्र्डकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली क्रिकेट टिममा रहेका भैरहवा क्षेत्रका पाँच खेलाडीलाई रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दीपक बोहराले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।  टी-२० विश्वकप क्रिकेटको प्रारम्भिक चरणको खेलमा खेलेका यस क्षेत्रका खेलाडी शक्ति गौचन, वसन्त रेग्मी, सागर पुन तथा अमृत भट्टराई र क्षेत्र नम्बर-४ बुटवलका राहुलकुमार विश्वकर्मालाई जिल्लावासीका हिसाबले सम्मान गर्न लागिएको सभासद्् बोहराले बताए ।  अभिनन्दन तथा नगद पुरस्कार वितरण समारोहको मिति छिट्टै तय गरिने क्षेत्रीय क्रिकेट सङ्घ भैरहवाका कोषाध्यक्ष सत्यजित सरकारले बताए । रासस

Post a Comment

 
Top