के तपाईंसँग एप्पल आइफोन वा एण्ड्रोइड फोन छ ? अनि तपाईंको फेसबुक अकाउन्ट पनि होला । त्यसो भए दंग पर्नुस्, तपाईंले अब सित्तैमा फोन गर्न पाउनु हुनेछ । आइफोन तथा एण्ड्रोइड भर्सनका प्रयोगकर्ताहरुले फेसबुक मेसेन्जर एपबाट निःशुल्क फोन गर्न मिल्ने सुविधा फेसबुकले ल्याउँदैछ । गत वर्षदेखि अमेरिका र क्यानाडामा फेसबुकले निःशुल्क फोन सेवा दिइरहेको छ । अब भारतलगायतका एसियाली उपभोक्तामाझ पनि यो सुविधा लागू गर्ने तयारीमा फेसबुक पुगेको छ । तपाईंले आफ्नो फ्रेन्ड्स लिष्टमा रहेका साथीहरुसित निःशुल्क फोन गर्न सक्नु हुनेछ । तर तपाईंले इन्टरनेट शुल्क भने बढी तिर्नुपर्ने हुनसक्छ । यो सेवा स्काइप झैं हुने बताइएको छ । स्काइपको फोन सुविधाको लोकपि्रयता विश्लेषण गर्दै फेसबुकले यो सुविधा ल्याउन लागेको हो । निःशुल्क कलको गुणस्तर तपाईको इन्टरनेटको गतिले निर्धारण गर्नेछ । फेसबुकले यस बारे खासै प्रचार भने गरेको छैन । उसले फेसबुक मेसेन्जर एप अपग्रेड गरी त्यसमा ‘फ्री कल’ बटन जडान गरेको छ । जुन आइफोन र एण्ड्रोइड प्रयोगकर्ताको लागि मात्र उपयुक्त हुनेछ । कसरी गर्ने निःशुल्क फोन ? फेसबुक मेसेन्जर एप अपडेट गरेपछि यो सुविधा लिन सकिनेछ । अटोमेटिक अपडेट विशेषतायुक्त सेट छ भने च्याट रुममा गएर कोही साथीलाई च्याटमा आमन्त्रण गर्नुहोस् । त्यसमा फ्रीकल बटन देखिन्छ, त्यसलाई दबाउनुस् । तर, ती साथी पनि एण्ड्रोइड र आइफोन प्रयोगकर्ता हुनु अनिवार्य छ । विण्डोज प्रयोगकर्ताले यो सुविधा लिन सक्ने छैनन् । तर, फेसबुकको निःशुल्क फोन सुविधाको कारण टेलिकम व्यवसायीहरुको लागि चिन्ता थपिदिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment