चकलेट खाने आदत हुनु त स्वभाविकै हो । तर, ओहायोकी बि्रटनाको आदत भने फरक छ । उनी चकलेट होइन, मेकअप खान्छिन् । २२ वर्षकी ब्रिटना दिनमा १५/२० पटक मेकअप खान्छिन् । ‘म मेकअप नखाइ बाँच्न सक्दिन’ उनले भनेकी छन्-’तपाईले मन पर्ने क्यान्डीबार खाए जस्तै हो ।’ उनी ५ वर्षको हुँदा यो अनौठो कुलतमा फसेकी हुन् । पहिलो पटक आमाको मेकअप खाएर यो अनौठो आदतको श्रीगणेश गरेकी थिइन् । मेकअपको टेष्ट ब्राण्ड र कलरका आधारमा फरक हुने उनले सुनाइन् । उनी सामान्यतया धातु रंगको मेकअप खान्छिन् । उनी भन्छिन्-’मेरो मन पर्ने रंग खैरो, सेतो र हल्का खैरो । लाइट कलरहरु डार्कभन्दा निकै स्वादिलो हुन्छन ।’ सुरु-सुरुमा परिवारका अन्य सदस्यले थाहा नपाउन् भनेर उनले आफ्नो घरको विभिन्न स्थानमा मेकअप लुकाएर राख्थिन । मेरो कपाल लामो छ । त्यसैले म यसलाई मेकअप ल्याउने क्रममा लुकाउने ठाउँ बनाउँछु ।’ उनले चलाखी गर्ने तरिका सुनाइन् । उनले सातामा झण्डै २ सय डलरको मेकअप मात्र खान्छिन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment