११ चैत, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको १७ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ । दलको कार्यसमिति चयनका लागि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार मंगलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर ३२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता बुधवार विहान ११ बजेसम्म गराउने सकिने छ ।
कार्यतालिकामा हेरफेर
नेताहरुको आग्रहमा निर्वाचन समितिले निर्वाचनको कार्यतालिकामा हेरफेर गरेको जनाएको छ । पछिल्लो निर्वाचन कार्यतालिका अनुसार बुधवार बिहान ११ बजे उम्मेदवारी दर्ताको क्रम सकिएसँगै पहिलो चरणको उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन समितिका सदस्य रामचन्द्र तिवारीले जानकारी दिए । मतदान बुधबार ३ बजे
तिवारीका अनुसार साढे ११ बजे देखि पौने १२ बजेसम्म उम्मेदवारीमाथि दावी विरोध गर्न सकिनेछ भने १२ बजे उम्मेदवारको दोस्रो चरणको नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ताका लागि १२ बजेदेखि साढे १ बजेसम्मको समय तोकिएको छ । अन्तिम नामावली बुधबार पौने २ बजे सार्वजनिक गरिने तिवारीले बताए । संसदीय दलको कार्य समिति सदस्यका लागि बुधबार दिउँसो ३ बजेवाट साढे ५ बजेसम्म मतदान हुनेछ । समावेशी व्यवस्था
नेपाली कांग्रेस संसदीय दलको विधानअनुसार प्रत्येक विकास क्षेत्रबाट एक-एक जना, मधेसी समुदायबाट एक पुरुष र दुई महिला, दलितबाट एक-एक जना महिला र पुरुष चयन गरिने छन् । त्यसैगरी उत्पीडित र आदिवासीवाट एक पुरुष र दुई महिला, पिछडिएको क्षेत्रबाट एक र खस आर्य तथा अन्यवाट एक महिला र दुई पुरुष गरी १७ सदस्य समिति गठन गरिने कांग्रेस संसदीय दलको विधानमा व्यवस्था छ ।

Post a Comment