शुक्रबारको बिहान घरबाट निस्कने बेला डेढ वर्षकी छोरीलाई मायाले मुसार्दै मन्जुले भनेकी थिइन्, ‘नानु, नरोई बस् है, म एकछिन पछि नानुलाई पापा लिएर आउँछु ।’ तर यसरी आफ्नै प्यारी छोरीलाई पापा ल्याउने वचन दिएर गीत रेकर्डका लागि जमल हिडेकी मन्जु पापा लिएर आफ्नी छोरीको समीप आउन सकिनन् । निष्ठुरी कालले ३२ वर्षको कलिलै उमेरमा लगेपछि उनी अब कहिल्यै प्यारी छोरीसँग संवाद गर्न नपाउने गरी बिदा लिइन । रातोपाटी अनलाइनले जनाए अनुसार ठमेलको ग्वार्को पाखामा आफूले चढेको स्कुटी दुर्घटनामा परेपछि अब मन्जुको छोरी, श्रीमान्, परिवार र शुभचिन्तकहरुले उनलाई कहिल्यै प्रत्यक्ष संवाद गर्न पाउने छैनन् । उनी केवल अब स्मृतिको कहिल्यै नमेटिने पानामा सम्झनाका तरेलीका रुपमा मात्र रहन पुगिन् । कास्कीको पोखरा नजिकै भरतपोखरी गाविस वडा नं. ५ वरपौवामा जन्मिएकी मन्जु सानैदेखि लोक गीत भनेपछि हुरुक्कै हुन्थिन । उनले गाउँमै गाउँदा पनि गीत संग सम्बन्धित विभिन्न प्रतियोगितामा सहभागी भएर आफ्नो प्रतिभा उजागर गरेकी थिइन । गीत संगीतप्रतिको उनको सानैदेखिको यही मोहलाई उनले पछि पेशाकै रुपमा अङ्गगालिन् । उनीसँग सात वर्षदेखि सहकार्य गर्दै आएका लोक गायक थानेश्वर गौतम उनको विगत सम्झदै भन्छन्,‘उहाँ लोकगीत भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । लोकगीतमा लागेपछि आफुलाई त्यसैमा समपिर्त भएर लाग्ने बानी मन्जुमा थियो । उनले केही समयअघि एउटा टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा भनेकी पनि थिइन्–‘माटो र पानीले नै मलाई यसतर्फ लाग्न प्रेरित गर्यो । चाहेर पनि मैले यो लोकगीतलाई छाड्न सकिन् ।’ तर लोक गीत र संगीतलाई यतिधेरै माया गर्ने मन्जुलाई निष्ठुरी कालले भने देखि सहेन, लाउ–लाउ र खाउ खाउकै कलिलो उमेरमा उनलाई चुडेर लगेर छाड्यो, टिकि खान दिएन् गायक थानेश्वर गौतमले भने । लोकगायक लोकनाथ सापकोटाको प्रेरणा र सहयोगले आफूलाई यहाँसम्म आएको बताउने महतले सानैदेखि स्टेज कास्कीको पोखरा नजिकै भरतपोखरी गाविस वडा नं. ५ वरपौवामा जन्मिएकी मन्जु सानैदेखि लोक गीत भनेपछि हुरुक्कै हुन्थिन । उनले गाउँमै गाउँदा पनि गीत संग सम्बन्धित विभिन्न प्रतियोगितामा सहभागी भएर आफ्नो प्रतिभा उजागर गरेकी थिइन । गीत संगीतप्रतिको उनको सानैदेखिको यही मोहलाई उनले पछि पेशाकै रुपमा अङ्गगालिन् । उनीसँग सात वर्षदेखि सहकार्य गर्दै आएका लोक गायक थानेश्वर गौतम उनको विगत सम्झदै भन्छन्,‘उहाँ लोकगीत भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । लोकगीतमा लागेपछि आफुलाई त्यसैमा समपिर्त भएर लाग्ने बानी मन्जुमा थियो । उनले केही समयअघि एउटा टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा भनेकी पनि थिइन्–‘माटो र पानीले नै मलाई यसतर्फ लाग्न प्रेरित गर्यो । चाहेर पनि मैले यो लोकगीतलाई छाड्न सकिन् ।’ तर लोक गीत र संगीतलाई यतिधेरै माया गर्ने मन्जुलाई निष्ठुरी कालले भने देखि सहेन, लाउ–लाउ र खाउ खाउकै कलिलो उमेरमा उनलाई चुडेर लगेर छाड्यो, टिकि खान दिएन् गायक थानेश्वर गौतमले भने । लोकगायक लोकनाथ सापकोटाको प्रेरणा र सहयोगले आफूलाई यहाँसम्म आएको बताउने महतले सानैदेखि स्टेज कार्यक्रमहरुमा लोक गीत गाउन थालेकी थिइन् । स्कुलको कलिलै उमेरदेखि स्टेज गायनमा समपिर्त भएकी उनी छिट्टै चर्चाको शिखरमा आइन् । कतिसम्म भने पछिल्लो समयमा उनी बिनाको स्टेज कार्यक्रम श्रोताले ‘नुन विनाको तरकारी’ जस्तै महसुस् गर्ने गरेका छन् । देश तथा विदेशमा उनको माग व्यापक रुपमा बढ्नुले पनि उनको लोकपिप्रयता कति थियो भन्ने स्पष्ट पार्छ । उच्च श्क्षिा अध्ययनका लागि कलेज प्रवेश गरेपछि आफ्नो सांगीतिक यात्राले गति ल्याएको बताउने महतले केही समयअघिको आफ्नो एक टेलिभिजन अन्तवार्ताको क्रममा भनेकी थिइन्,‘कलेज प्रवेश गर्ने बित्तिकै मेरो सांगितीक यात्राले गति लियो । मैले सोच्दै नसोचेको सफलता पाए ।’लोक दोहोरी साँझमा प्रवेश गरेर आफ्नो प्रतिभा तिखारेकी उनी पछि मूलधारकै गायनमा आइन् । ‘तीज आयो, छम छमि’ बोलको तीज गीतबाट आफ्नो औपचारिक सांगितीक जीवन सुरु गरेकी महतले यो बीचमा दर्जन गीत गाएर नेपाली लोक दोहोरी आकाशमा आफूले अब्वल दर्जाको गायिकाको रुपमा उभ्याउन सफल बनिन् । उनले गाएका ‘हिरा मोती झै, पढ्यो पढ्यो पाठ हजूर स्रोह दुना आठ, नभन है कसैलाई भन्न हुँदैन’ जस्ता गीतले त उनको उचाइलाई ह्वात्तै बढाएको थियो ।
Home
»
Flash
»
घटना दुर्घटना
»
पोखरा सेरोफेरो
»
मनोरञ्जन
» निष्ठुरी कालले फर्किन दिएन गायिका मञ्जुलाई
Subscribe to:
Post Comments (Atom)
Post a Comment