आजभोलि हरेकको हात-हातमा स्मार्टफोन छ । एपलले थालेको स्मार्टफोन ब्याटलमा आजकल, सामसुङ, एलजी, मोटोरोला, नोकिया लगायतका कम्पनी प्रतिस्पर्धा गरिरहेका छन् । स्मार्टफोनको बिशेषता भनेकै यसमा राखिएका नयाँ नयाँ सुबिधाहरु हुन् । त्यसैले हरेक कम्पनीले आफ्ना नयाँ मोडल सार्वजनिक गर्दा केही न केही नयाँ फिचरहरु ल्याएकै हुन्छन् । उपभोक्ताको मन जित्न ल्याइएका यिनै युनिक फिचरका कारण उनीहरु स्थापित समेत भएका छन् । आउनुहोस् आज हामी तपाईलाई यस्तै खास फिचरहरु समावेश गरिएका केही मोबाइल सेट र ती फिचरबारे जानकारी दिँदैछौं ।
See Next Page For More News >>
[next]
सामसुङ ग्यालेक्सी एस ५ : हर्ट रेट मोनिटर
कोरियन कम्पनी सामसुङको ग्यालेक्सी एस ५ आगामी महिना बजारमा आउँदैछ । यो मोबाइलमा हर्ट रेट मोनिटर अर्थात मुटुको धड्कन मापन गर्नेछ । ग्यालेक्सी एस ५ को पछाडिको क्यामराको ठिक तल एक होर्ट सेन्सर राखिएको छ, जसले प्रयोगकर्ताको मुटुमाथि नजर राख्नेछ । यदि तपाईले यो फ्लासमाथि औंला राख्नुभयो भने यसले तपाईको ब्लड प्रेसरको दर थाहा हुनेछ ।
[next]
माइक्रोम्याक्स कान्भास ४:
हल्लाउँदा अनलक भारतीय मोबाइल निर्माता माइक्रोम्याक्सले बनाएको क्यानभास ४ मोडलमा यस्तो फिचर राखिएको जसबाट तपाईले स्त्रिmन अनलक गर्न फोन हल्लाउँदा मात्रै पुग्छ ।
भिभो एक्सप्ले एसः २ हजार रिजुलेसनको डिस्प्ले
अहिले बजारमा आएका स्मार्टफोन सामान्यतयाः १०८० पिक्सेलका छन् । तर, भिभो कम्पनीको यो मोडलमा झण्डै दोब्बर अर्थात २५६ x १४४० पीक्सेल रिजोलुसनको स्क्रिन छ । जसले भिडियो, टेक्स्ट, तस्वीर लगायत प्रष्ट देखिने छ । यो नै अहिले बजारमा उपलब्ध सवैभन्दा धेरै रिजुलेसनको स्क्रिन हो ।
[next]
एलजी जी फ्लेक्स : सेल्फ हिलिङ ब्याक
घुमाउरो स्मार्टफोनका रुपमा परिचित एलजी जी फ्लेक्स अर्को एउटा खास बिशेषताका लागि परिचित छ । जी फ्लेक्स कोरियो वा हातबाट झरेर कुनै दाग लाग्यो भने तपाईले तुरुन्तै त्यसलाई ममर्त गरेर पहिलेकै जस्तै बनाउन सक्नुहुन्छ ।
[next]
योताफोन : बुलेट इन इ रिडर
योताफोन यस्तो स्मार्टफोन हो, जसमा दुईवटा स्त्रिmन छन् । यसको अगाडीपट्टी अन्य स्मार्टफोनको झैं एलइडी डिस्प्ले हुन्छ भने पछाडीपट्टी अर्को स्त्रिmन पनि हुन्छ । पछाडी स्त्रिन चाहिँ इ-रिडर अर्थात डिजिटल किताव पढ्नका लागि हो । यो स्त्रिmनले कम बिजुली खपत गर्छ भने मधुरो प्रकाशका कारण प्रयोगकर्ताको आँखालाई पनि असर गर्दैन् ।
स्मार्टनेमो सफरन
यो स्मोर्टफोन हो । तर, उसको स्क्रीन कुनै ट्यावलेटको भन्दा कम छैन । स्मार्टनेमो सफरन सबैचन्दा ठूलो स्क्रीन भएको स्मोर्टफोन हो । यसको स्क्रीन ६.५ इन्च छ ।
मोदी स्मार्टफोनः
सवैभन्दा ठूलो स्क्रिन भारतमा प्रधानमन्त्रीको दौडमा रहेका भारतीय जनता पार्टीका उम्मेदवार नरेन्द्र मोदीप्रति समर्पित फोन हो स्मार्टनमो । नरेन्द्र मोदीको सुरु दुई अक्षरलाई लिएर नमो नाम राखिएको हो । यसको स्क्रिन साइज ६.५ इन्च छ भने १९२०हृ १०८० पिक्सेल रिजुलेसन रहेको छ । यसमा मोदीसँग सम्बन्धित वालपेपर, एप्स र भिडियोहरु पनि पहिले नै इन्स्टल गरिएको छ ।
[next]
नोकिया लुमिया १०२० : ४१ मेगापिक्सेल क्यामेरा
नोकिया लुमिया १०२० मा विश्वको सबैभन्दा धेरै रिजोलुसन क्यामेरा भएको स्मार्टफोन हो । यसमा ४१ मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ । यो नै हाल बिश्व बजारमा उपलब्ध सवैभन्दा धेरै मेगापिक्सेलको क्यामेरा जडित स्मार्टफोन हो ।
[next]
आइफोन ५ एसः ६४ बिटको प्रोसेसर
केही महिनाअघि सार्वजनिक भएको आइफोन ५ एस भर्सनमा ६४ बिटको प्रोसेसर राखिएको छ । यो नै अहिले बजारमा उपलब्ध सवैभन्दा धेरै क्षमताको प्रोसेसर भएको फोन हो ।
Post a Comment