१२ चैत, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १८ औँ सार्क शिखर सम्मेलनको तयारीसम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा सम्बन्धित मन्त्रालयका उपप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्री तथा अन्य मन्त्रीहरूको उपस्थिति रहेको थियो । सन् २०१५ नोभेम्बरमा नेपालमा शिखर सम्मेलन आयोजना गर्ने कार्यक्रम छ । बैठकले १८ औँ सार्क शिखर सम्मेलन भव्यताकासाथ आयोजना गर्न आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment