रामचन्द्र नेपाल क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जन मान सिंह वस्न्यात र मलेसियाका डेपुटी होम मिनिस्टर डा.वान जुन्दि ताङकु जाफरवीच शिष्टाचार भेटवार्ता भएको छ ।क्वालालम्पुरमा बुधवार भएको शिष्टाचार भेटमा डा.वस्न्यातले मलेसियामा नेपालीहरुको अवस्थाको वारेमा उल्लेख गर्दै नेपालीहरु मलेसियावाट राम्रो सम्झना लिएर जान चाहने गरेको र त्यसलाई मलेसियाली सरकारले वुझिदिनु पर्ने वताएका थिए । डा.वस्न्यातले अवैधानिक अवस्थामा रहेका, जेल र डिर्पोटेशन क्याम्पमा रहेका नेपालीहरुलाई सहज किसिमले स्वदेश र्फकने वातावरण मिलाउनका लागि आग्रह गरेका थिए । प्रतिउत्तरमा डा. ताङकु सफरले नेपालीहरुले मलेसियालाई लगाएको गुन मलेसियाले कहिल्यै पनि नर्विसने उल्लेख गर्दै आफनो ठाउँवाट हुन सक्ने सम्मको सहयोग गर्न सधै तयार रहेको वताएका थिए । नेपाली दूताबासका प्रथम सचिव दुरपता सापकोटा समेत भेटवार्तामा सहभागी थिए । भेटमा दुवै देशका तर्फवाट उपहार आदान प्रदान समेत भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment