१३ चैत, काठमाडौं । बंगलादेशमा भएको ट्वान्टी-ट्वान्टी विश्वकप खेलेर फर्किएपछि नेपाली क्रिकेट टोलीलाई सम्मान थाप्न भ्याइनभ्याइ छ । चौतर्फी निराशामात्र छाइरहेका बेला सबै नेपालीलाई एकताको सुत्रमा बाँध्ने र मुहारमा खुसी छरिदिने क्रिकेट खेलाडीहरुको सम्मान नहोस् पनि किन ? तर, सम्मानसँगै नेपाली क्रिकेटको अवको भविश्यबारे समेत चासो र चिन्ता व्यक्त हुने गरेको छ । विश्वकप खेलेपछि नेपाली क्रिकेट खेलाडीहरुको क्यालेण्डर खाली छ । विश्वकप खेलिसक्दा पनि एउटा रंगशाला छैन । तर, पनि नेपालीहरुले क्रिकेटमाथि भरोसा गरेका छन् र अब विश्वकप त खेलियो, कहिले जित्ने भनेर प्रश्न गर्न थालेका छन् । बिहीबार राजधनीमा भएको एक कार्यक्रमा नेपाली टोलीका कप्तान पारस खड्काले विश्वकप खेलेर फर्किएपछि अब कहिले जित्ने भनेर प्रश्नहरु आएको सुनाए । नेपाली क्रिकेटको भविश्व उज्वल रहेको भन्दै उनले भने-’२/३ वर्ष अगाडि नेपालले विश्वकप खेल्छ भनेर कसैले पनि अपेक्षा गरेका थिएनन् । सायद, अबको ४ वर्ष वा १० वर्षमा वल्र्डकप नै जित्छौं कि । कसलाई के थाहा ?’ नेपाली क्रिकेटको भविश्य अब खेलाडीको मात्र नभई सबैको हातमा रहेको उनले बताए । ‘हामी सबैको सहयोग चाहन्छौं । नेपाली क्रिकेटको भविश्य के हुनेछ र कस्तो हुनेछ भन्ने खेलाडीहरुको मात्र हैन’ उनले भने-’हामी सबैको जिम्मेवारी हो । सबैले जिम्मेवारी लिनुपर्यो । हामी हाम्रो तर्फबाट सक्दो प्रयास गर्छौं ।’ खेलाडीहरुले सँधै ‘हामी राम्रो गर्नसक्छौं र गर्नेछौं’ भन्ने विश्वास राखेको उनले सुनाए । नेपाली क्रिकेटले नेपालीहरुलाई खुसी दिएको भन्दै कप्तान पारसले भने-’जुन खालको रस्पोन्स हामीले देशभरबाट पाइरहेका छौं । अब क्रिकेट अगाडि बढेनन् भने मानिसहरुले हामीलाई प्रश्न गर्नेछन् । हामी सही ठाउँमा सही व्यक्ति चाहन्छौं । हामी हाम्रो तर्फबाट राम्रो गर्न सक्दो प्रयास गर्नेछौं ।’ कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपले पूर्व घोषणा अनुसार नेपाली क्रिकेट टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment