स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले मापदण्ड विपरित संचालित स्वाथ्य संस्थालाई कारर्वाही गरिने बताएका छन् । पोखरा कोमागाने मातृ शिशु मितेरी अस्पतालको दोश्रो बार्षिक परिषद् सभाको शनिबार पोखरामा उद्घाटन गदै उनले अस्पताल संचालनका लागी आवश्यक मापदण्ड पुरा नभएका अस्पतालाई कारवार्ही गर्न मन्त्रालय तयार रहेको बताए । अस्पताल खोलिएका छन मापदण्ड अनुसार भवन छैनन, सरकारले अनुगमन गर्दा अनसन सुरु हुन्छ उनले भने–‘अव अनशनदेखि डराउदिन, तिन वर्षभित्र मापदण्ड पुरा नगरे जानकारी दिनुहोला स्वास्थ्य मन्त्रायलको आफनो उपस्थिति जस्तो हुन्छ, कडा रुपमा प्रस्तुत हुन्छ र जनताको स्वास्थ्यमा सम्झौता हँुदैन ।’ ल्याव, रिसेप्सन र बेड हुनुपयो, नत्र भने नीजि स्वास्थ्य संस्था चलाउन पाउनुहुन्छ, त्यो अनुसारको नीजि अस्पतालको निगरानीमा सरकार कम्मर कसेर लाग्ने छ,अव जनताको स्वास्थयमा सम्झौता गर्ने दिन गए मन्त्री अधिकारीको भनाई थियो । उनले सरकारले तोकेको समयमा स्वास्थ्यकर्मीहरु स्वास्थ्यचौकी र अस्पतालमै हुुनुपर्ने बताऐ । १० बजे गएर १२ बजे बन्द हुने स्वास्थ्य चौकी स्वास्थ्यचौकी हुदैनन् १० देखि ५ बजेसम्म हुनुपर्छ नत्र जनताको विश्वास बढदैन् उनको भनाई थियो । अव हरेक स्वास्थ्य चौकीमा न्यूनतम पनि एक जना रामिडिक्स र नर्स सवै स्वास्थ्य चौकीमा पु¥याउने र उनीहरु तोकीएको समयमा बस्नुपर्ने बताए । तोकिएको समयमा सेवा सरकारी स्वास्थ्य संस्थामा पाइन्छ,नीजि अस्पतालमा जति बेला पनि डाक्टर भेटन पाइन्छ भन्दै गयो ल्यावको स्टाण्डर पनि हँुदैन त्यसैले विश्वसनीयता सरकारीमै हुन्छ उनले भने–‘विश्वास दिलाउन स्वास्थ्य कर्मीहरुले संकल्प गरौ, तपाईहरु तोकिएको समयसम्म अस्पतालमै हुनुपर्छ कुनै सम्झौता हुदैन्न ।’ चार वर्षदेखि चिकिल्सकको बढुवा भएको थिएन, लोकसेवा आयोगको समावेशी सिद्धान्त अनुसार परिवर्तन नभएकाले अध्ययादेश अनुसार बढुका भएकाहरुको पदस्थापनप्रति आफुले गृहकार्य नगरेको र ,त्यसप्रति चासो नभएको समेच मन्त्री अधिकारीले बताउनु भयो । मेरालागि सबै चिकित्सकहरु बराबर छन्, सवैले जुनपदमा र जहाँ तोकिएको छ, त्यही काम गर्नुपर्छ, उहाँहरुले अप्ठयारो र सहज ठाँउमा गएर सेवा दिएका छन् । उनले आफुले जिम्मेवारी दिने हो, स्वास्थ्य कर्मीहरुको सरुवा र बढुवातर्फ अहिले आफनो प्राथमिकता नभएको स्पष्ट पारे । कार्यक्रममा अस्पतालका संरक्षक तथा पोखरा उपमहानगर पालिकाका प्रमुख झलकराम अधिकारी, ले मातृ शिशु अस्पतालाई प्रतिस्पर्धी र दिगो बनाउनु पर्नेमा जोड दिए । अस्पतालका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रीय निर्देशक अशोककुमार चौरासीया, अस्पतालका सदस्य सचिव तथा सुपरिटेण्डेन छममाया पुनले अस्पतालको अवस्था बारेमा जानकारी दिनु भएको थियो भने पोखरा उपहानगरपालिकाका वित्तीय अधिकृत सविता ढुङगानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment