११ चैत, भक्तपुर । सोमबार अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइरहँदा रोगीलाई अस्पतालमै हुने भेदभावबारे कसैको ध्यान गएन । त्यसको उदाहरण हो, भक्तपुर ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र । उक्त केन्द्रको क्यान्टिनमा बिरामीलाई प्रवेश निषेध छ । ‘यो अस्पताल ५ वर्षअघि आएकी थिएँ, फेरि आउनुपर्यो,’ काभ्रेकी एक क्षयरोगीले भनिन्, ‘तिर्खा लाग्दा क्यान्टिन जान पाइदैन् ।’ क्षयरोगीलाई विभेद गर्न नहुने बताउँदै आएको अस्पताल प्रशासनले नै बिरामीमाथि भेदभाव गर्दै आएको छ । बहिरंग सेवा मात्र उपलब्ध रहेको केन्द्रमा क्षयरोगीले क्यान्टिनबाट खाना, खाजा किनेर खान मात्र नभई शौचालयसमते प्रयोग गर्न नपाउने कान्तिपुरमा खबर छ । धेरैपटक आवाज उठाएप्छि केही समयअघि मुख्य भवन बाहिर अलग्गै शौचालय बनाएको छ । खानेपानीका लागि जार राखिए पनि पानी सकिँदा वास्ता नगरेको बिरामीको गुनासो छ । उनीहरुले दिनभर भोकै बस्नुपर्छ, तिर्खा लागे पानी पाउँदैनन् । अस्पताल नजिक पसलसमेत छैनन् । ‘अस्पतालका डाक्टर बिरामीलाई भेदभाव गर्न हुँदैन भनेर पत्रपत्रिकालाई बताउँछन्, उनीहरु नै विभेद गरिरहेका छन्, ‘ वीरगन्जबाट आएका एक बिरामीले भने । ६ लेन सडकपारि पुगेर मात्र उनीहरुले पानी र खाजा पाउने गरेका छन् । अस्पतालको क्यान्टिन कर्मचारीकालागि मात्र भएको र बिरामीका लागि व्यवस्था नभएको केन्द्रका निर्देशक राजेन्द्रप्रसाद पन्तले बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment