0
१३ चैत, काठमाडौं । राजधानीको सुकेधारास्थित सुबल वचत तथा ऋण सहकारी संस्था लिमिटेडकी सञ्चालिका विमलालक्ष्मी शाहलाई प्रहरीले विहीबार जेल चलान गरेको छ ।  विभिन्न बचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई ब्याजसमेत नदिई रकम ठगी गरेको भन्दै शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा परेको थियो । गत फागुन १९ गते काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सम्पन्न गरेर विहीबार शाहलाई प्रहरीले अदालतमा पेश गरेको थियो ।  जिल्ला अदालत काठमाडौंले शाहलाई १ करोड २५ लाख धरौटी मागेको छ । ठूलो रकम धरौटी तोकिएकोमा बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौले जानकारी दियो ।

Post a Comment

 
Top