नेपालका मुख्य–मुख्य अस्पताल र त्यहाँ रहेको डाक्टरको सूचना अब मोबाइल एपमै उपलब्ध भएको छ । हेल्थकेयर कन्र्सनले निर्माण गरेको एन्ड्रोइड एप ‘हस्पिटल नेपाल’मा यहाँका मुख्य अस्पताल, त्यसको फोन नम्बर र लोकेसन, त्यहाँ उपलब्ध सेवा, कार्यरत चिकित्सको सूचनामात्र छैन एप्सबाटै डाक्टरको अपोइन्टमेन्ट पनि लिन सकिन्छ । हेल्थकेयर कन्र्सनका प्रमुख कार्यकारी डा. सुवास प्याकुरेल र सूचना प्रबिधिका बिद्यार्थी बिजयप्रकाश कँडेलले यो एप्लिकेसन निर्माण गरेका हुन् । एप्समा उपत्यकाभित्र र बाहिरका गरि ३ सय २० बटा प्रतिष्ठित अस्पताल र करिव २ हजार ६ सय डाक्टरको विस्तृत बिबरण राखिएको छ । एप्समार्फत् नै विभिन्न ४९ अस्पतालमा रहेको एम्बुलेन्स सेवा लिन पनि सकिन्छ भने एसएमएसमार्फत् डाक्टरसँग अपोन्टमेन्ट लिन र इमेलमार्फत् आफ्ना समस्याहरु राख्न पनि सकिन्छ । हालसम्म करिव ५ हजार ५ सय प्रयोगकर्ताले यो एप्स डाउनलोड गरेको यसका बिकाशकर्ता डा. प्याकुरेलले जानकारी दिए । अस्पताल र डाक्टरको सूची थप्ने काम भइरहेको उनले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment