१० चैत, विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी नभएसम्म सरकार परिवर्तन हुन नसक्ने वताएका छन् । उनले संविधान निर्माणका लागि आवश्यक वातावरण तयार पार्न वर्तमान सरकार गठन भएको भन्दै संविधान जारी नहुन्जेलसम्म सरकार परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा सोमवार विहान गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले वर्तमान सरकारका विषयमा टीकाटिप्पणी गर्न नहुने वताए । देउवाले स्थानीय निकायको निर्वाचनको मिति घोषणा सवै दलको सहमतिमै हुने वताए । उनले भने,’स्थानीय निकायको निर्वाचन सहमतिमै हुन्छ । ग्रामीण क्षेत्रमा अवरुद्ध विकास निर्माणका कार्यलाई सुचारु गर्न स्थानीय निकायको निर्वाचन आवश्यक छ ।’ उनले संविधान सहमतिको दस्तावेज भएकाले सबैको भावनालाई सम्बोधन हुने गरी दलहरुको सहमतिमा संविधान बन्नुपर्नेमा जोड दिए । देउवाले संविधानसभामा कुनै दलको बहुमत नभएकाले नेकपा-माओवादी, एमाओवादीलगायत मधेसकेन्दि्रत दललाई समेत विश्वासमा लिएर संविधान निर्माण प्रक्रिया अगाडि बढ्नु पर्नेमा जोड दिए ।
Post a Comment